चिकित्सक माथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित
वि.सं.२०८० असोज १० बुधवार १३:०३
shares

काठमाडौँ । चिकित्सक माथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मी माथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।




































