नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरुलाई गृह सचिव दिनेश भट्टराईको आग्रह

585
shares

काठमाडौं । गृह सचिव दिनेश भट्टराईले आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरु माथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताए । चिकित्सकहरु सडकमा आएको ६/८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रद्धिवद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।’

गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको भन्दै उनले अघि भने, ‘स्वास्थ्यकर्मीहरुलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दिर्घकालीन नितिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports