नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तपाईहरु आन्दोलन फिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं : स्वास्थ्यमन्त्री मोहन बस्नेत

741
shares

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्यमन्त्री र आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरिरहेको छ ।

सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सकहरुले जेल विदाउट बेलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । समितिको छलफलमा पनि उनीहरुले स्वास्थ्यकर्मीहरु माथि कुटपिट गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे । स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको बताए ।

तर चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि उनले मणिपाल अस्पतालमा एक घन्टाभित्र प्रहरी हटाउने बताए । उनले अघि भने, ‘तपाईहरु आन्दोलनफिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं ।’ साथै अरु कानुनी प्रक्रियाका लागि हाम्रा जुन जुन संरचनाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports