नवलपुर जिल्ला अध्यक्ष उपाध्यक्ष सहित ३१ जनाले दिए सयुक्त राजिनामा, माधव नेपालको पार्टी रितियो
वि.सं.२०८० असोज १३ शनिवार १९:२२
shares

काठमाडौं । नवलपुरमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रित्तिएको छ । नेकपा एसका जिल्ला अध्यक्ष सहित ३१ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेसँगै जिल्लामा एकीकृत समाजवादी रित्तिएको हो । जिल्ला अध्यक्ष झबिलाल रानाको नेतृत्वमा चार पदाधिकारी सहित प्रदेश कमिटीका नेताहरूले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा अध्यक्ष राना सहित जिल्ला कमिटीका उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, उपसचिव गोबिन्द सुनार रहेका छन् ।पार्टीको नवलपुर जिल्ला भूगोलमा रहेर विभिन्न कमिटि र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले पार्टीको केन्द्रीय कमिटि र गण्डकी प्रदेश कमिटिमा गराईएको ध्यानाकर्षणका सम्वन्धमा कुनै सुनुवाई, छलफल, निर्णय समेत नभएकाले पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको विज्ञप्ति जारी उल्लेख गरिएको छ ।
कम्युनिष्ट विचारधाराबाट भने विचलन नहुने प्रतिवद्धता तर एसको साधारण सदस्य समेत नरहने गरी सामूहिक रूपमा पार्टी परित्याग गरेको जनाइएको छ ।




































