नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन एकीकृत समाजवादीको आग्रह

663
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।

‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन्’, उक्त ध्यानाकर्षणपत्रमा भनिएको छ । देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीले ठहर गरेको छ । ‘त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ । उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रुपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको पनि ध्यानाकर्षणपत्र पत्रमा उल्लेख गरिएको छ ।

यही कारण श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको भन्दै एकीकृत समाजवादीले उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसकेर निराशा थपिएको पनि दाबी गरेको छ । ‘यी समस्या आजै सिर्जना भएका होइनन्, तापनि यसको सम्बोधन गर्नु र आम जनतालाई आश्वस्त पार्नु सरकारको दायित्व हो’, पत्रमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports