नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराए

598
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गर्ने निर्णय भएको जानकारी गराए ।

यस्तै वर्तमान चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि मूल्य वृद्धि फिर्ता गर्न आफूले नेपाल आयल निगमलाई निर्देशन दिएको बताए । प्रधानमन्त्री प्रचण्डले आयल निगमले मूल्यवृद्धि गर्दै गरेको कुरा आफ्नो जानकारीमा नभएको र प्रधानमन्त्री या सम्बन्धित मन्त्रालयको निर्णय भन्दा पनि केही महिना पहिला आयल निगमले ऋण तिर्दै बिस्तारै नाफातिर गइरहेको अवस्थामा अटोमेसनमा मूल्य बढाएको तर जनताको भावना विपरीत रहेको बताए । अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports