नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसिसीको नेपाल आएको प्रतिनिधिमण्डल भेटघाटमा ब्यस्त

585
shares

नेपालको पाँच दिने भ्रमणका लागि हिजो साँझ काठमाडौँ ओर्लिएको अमेरिकी सहायता परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेतृत्वको टोलीले आज बिहानबाट भेटघाट शुरु गरेको छ ।

एमसिसी टोली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न बिहान पौने ११ बजे देउवा निवास धुम्बाराही पुगेको थियो । उनीहरुले आजै सिंहदरबारमा तीन जना मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । अमेरिकी टोलीले दिउँसो पौने २ बजे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई भेट्ने छ । सवा २ बजे सिंहदरबारमै परराष्ट्र मन्त्री एनपी साउदसँग कुराकानी गरेर उनीहरु अपराह्न ३ बजे उर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतलाई पुग्नेछन् । त्यसपछि साँझ एमाले मुख्यालय च्यासल पुगेर अल्ब्राइटले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै हिजो साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको अमेरिकी टोलीमा अल्ब्राइटसँगै एमसिसीका सार्वजनिक मामिला हेर्ने उपप्रमुख अयास हाउस,युरोप, एसिया,र ल्याटिन अमेरिका हेर्ने सहायक उपप्रमुख जोनाथन ब्रुक्स,सिइओ कार्यालयका विशेष सल्लाहकार सिर्रा रोथार्मिक र सम्झौता कार्यान्वयन विभागकी सहनिर्देशक मोनिका चाभेज छन् । टोलीलाई नेपालस्थित एमसिसीका कन्ट्री डाइरेक्टर डेन फर्नासिसको र सहायक डाइरेक्टर सन्जय पौडेलले विमानस्थलमा स्वागत गरेका थिए । एमसिसी टोली नागपोखरी स्थित मेरियट होटलमा बसेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports