नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाणिज्य सचिव मधु मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित ९ जना बिरूध्द अख्तियारले दायर गर्यो मुद्दा

533
shares

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्याय समेत ९ जना विरुद्ध सोमबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हाे।

६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्‍याएको आरोप लागेको छ । शर्मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पनि हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायक विरुद्ध पनि अभियोग दायर भएको छ । मरासिनी हाल उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुन् । शर्मा, उपाध्याय, पौडेल, बुढा, पोखरेल, गायक र मरासिनी विरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो माग गरिएको छ । यस्तै श्रेष्ठविरुद्ध १७ लाख ९९ हजार ७०० रुपैयाँ र वलीविरुद्ध ८९ लाख ७७ हजार ३१७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports