नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले बनायो मलेरिया बिरूद्धको विश्वको दोस्रो खोप, डब्लुएचओले दियो स्वीकृति

650
shares

मुम्बई । भारतको सीरम इन्स्टिच्युटले भनेको छ कि विश्व स्वास्थ्य संगठनले मलेरियाको दोस्रो खोपलाई अनुमोदन गरेको छ, जसले विश्वमा अन्य यस्ता खोपहरूको प्रयोगको लागि मार्ग प्रशस्त गरेको छ। खोपको ‘प्रि–क्लिनिकल’ र ‘क्लिनिकल’ परीक्षणसँग सम्बन्धित तथ्याङ्कका आधारमा यो स्वीकृति दिइएको र परीक्षणको क्रममा चार देशमा यो खोप निकै प्रभावकारी सावित भएको पनि एसआईआईले जनाएको छ ।

एसआइआइले एक विज्ञप्ति मार्फत बालबालिकालाई मलेरियाबाट बचाउन विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले स्वीकृति प्रदान गरेको यो विश्वको दोस्रो खोप भएको बताएको छ। अक्सफोर्ड युनिभर्सिटी र एसआईआईले ‘नोभाभ्याक्स’ को सहायक प्रविधि प्रयोग गरेर विकास गरेको आर–२१ मैट्रिक्स–एम नामको यो मलेरिया बिरूद्दको खोपको प्रयोगलाई डब्लुएअओले हालै अनुमोदन गरेको हो।

विज्ञप्तिमा भनिएको छ कि पुणे स्थित एसआइआइलाई खोप उत्पादन गर्न इजाजतपत्र दिइएको छ र कम्पनीले वार्षिक १० करोड डोज उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ, जुन आगामी दुई वर्षमा दोब्बर हुनेछ। एसआईआईका सीईओ अदार पूनावालाले भने, ‘धेरै लामो समयदेखि मलेरिया रोगले विश्वभरका अरबौं मानिसको जीवनलाई खतरामा पारेको छ, अब यो स्विकृतिसँग करोडौं मानिसहरूको ज्यान जोगाउन सकिनेछ ।’ उनका अनुसार यही कारणले खोपको स्वीकृति मलेरियाविरुद्ध लड्न कोसेढुङ्गा भएको उनले बताए ।

एसआईआईले भन्यो कि डब्लुएचओको स्वीकृति सँगै थप नियामक निकायबाट स्वीकृति लिइने छ । आर–२१ मैट्रिक्स–एम खोपको ब्यापक प्रयोग अर्को वर्षको सुरुबाट ब्यापक हुनेछ। हाल यो खोप घाना, नाइजेरिया र बुर्किना फासोमा प्रयोग भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports