नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब स्वास्थ्यकर्मी र डाक्टरलाई कुटपिट गर्नेलाई ३ बर्ष जेल र ३ लाख जरिवाना हुने

949
shares

काठमाडौं । स्वास्थ्यकर्मी माथि हात गर्नेका लागि सरकारले कारवाहीको प्रबन्द गरेको छ । लगातार स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि आक्रमण गर्नेलाई कस्तो कारवाही गर्ने भन्ने अन्योलता रहेका बेला सरकार कार्यविधि बनाएको हो । अबदेखि स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउने कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कार्यविधिको व्यवस्था गरेको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही हुनेछ । स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था सो ऐनमा गरिएको छ ।

स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुयाए पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरे एक वर्ष कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports