kumari
stcnepal

आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण : नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएको हो ।

युरोपियन युनियन (ईयू)बाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर पत्र लेखेको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले उल्लेख गरेको छ ।

प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन् । पत्रमा स्पष्टसँग लेखिएकाले पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगम कारण नभएको बताएका छन् ।

footer