विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पलाल दाहाललाई सरकारको नेतृत्व छोडन कोइरालाको आग्रह

494
shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको बताए ।

उनले प्रचण्डलाई सरकारको नेतृत्वबाट हटाउनुपर्ने बताए । कोइरालाले भने, ठूलो दल कांग्रेस छ, कांग्रेसले नेतृत्व गरेर सरकार बनाउनपर्छ र जनतालाई सुशासन दिनुपर्छ, प्रचण्डले छोड्नुपर्छ । सरकारको नेतृत्व कांग्रेसले लिन जसत ढिला गर्यो उति देशमा समस्या बढ्ने उनको भनाइ छ । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी छ । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे । सरकारसँग जनता निराश भएका छन् । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ । जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन, उनले भने ।

नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन । नेता कोइरालाले कोसी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरूसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए । कोसी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports