kumari
stcnepal

नाउपाका दुई विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने जनाइएको छ । सत्ता जोगाउन हदैसम्मको प्रयासमा रहेका मुख्यमन्त्री शाहले नाउपाले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेपछि पनि नाउपाकै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन् ।

footer