तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले धनाढ्य विदेशीलाई ५० लाख डलरमा गोल्ड कार्ड बेच्ने

481
shares

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने योजना ल्याएका छन् । मंगलबार ट्रम्पले यो योजनाको घोषणा गरेका हुन् ।

यस योजनामा ५० लाख डलर तिर्ने विदेशीलाई अमेरिकामै बस्ने र काम गर्ने अधिकार दिँदै अमेरिकी नागरिकता दिइनेछ । ‘हामीले गोल्ड कार्ड बेच्न गइरहेका छौँ ।’ओभल अफिसबाट ट्रम्पले भने ।‘तिमीहरूसँग हरियो कार्ड छ । यो सुनौलो कार्ड हो । हामीले यो कार्डको मूल्य ५० लाख अमेरिकी डलर राखेका छौँ, यसले तिमीहरूलाई ग्रिन कार्डमा भएको सेवा सुविधा त दिने छ नै यसको साथमा नागरिक बन्ने मार्ग पनि प्रशस्त गर्नेछ । धनी मानिसहरू यो कार्ड किन्न हाम्रो देशमा आउनेछन् ।’ उनले भने । यो कार्डको विक्री करिब दुई हप्तामा सुरु हुने बताइएको छ । दसौँ लाख यस्ता कार्ड बेचिने पनि ट्रम्पले बताए ।

यी कार्ड रुसी अति धनाढ्यहरूलाई बेच्नेबारे के सोच्नु भएको छ भनेर सोधिएको प्रश्न ट्रम्पले ,‘किन नहुनु । मैले केही रुसी धनाढ्य चिनेको छु उनीहरू निकै राम्रा मान्छे हुन् ।’ भन्ने जवाफ दिएका थिए । अहिले अमेरिकाले कम्तीमा साढे १० लाख वा ८ लाख डलर लगानी गर्नेलाई ईबी–५ भिसा दिइरहेको छ । विदेशी लगानी आकर्षित गर्न १९९० मा यो कार्यक्रम सुरु गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports