तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले आफ्नो सेना दिवसको २६२ औ वार्षिकोत्सव मनायो

585
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक भएका छन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।
सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइं तथा कवाज प्रस्तुत गरेको थियो ।समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङगीतको धुन प्रदर्शन गरेको थियो । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियोे ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै उहाले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे । कार्यक्रममा भारत, वेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियोे ।

यसैगरी राष्ट्रपति पौडेलले त्यहास्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । समारोहमा प्रथम महिला सबिता पौडेल पनि समुपस्थित थिइन् ।त्यसैगरी कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports