तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा नेपाल महोत्सव २०२५ हुने

624
shares

काठमाडौं । भारतमा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुने भएको छ ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज तथा नेपाल दूतावासको आयोजनामा यस्तो मेला आयोजना हुने आयोजकले जनाएको छ ।महोत्सव २९ चैतमा सुरु हुनेछ । दूतावास परिसरमा आयोजना हुने मेला तीन दिन चल्ने एभरेस्ट चेम्बर अफ कमर्सले जनाएको छ ।

मेलामार्फत नेपालमा व्यापार, पर्यटन, उद्योग तथा व्यापारिक सम्भावना प्रवर्द्धन गर्ने आयोजकको भनाइ छ ।एभरेस्ट चेम्बर अफ कमर्स अध्यक्ष युवराज बरालले महोत्सव ऐतिहासिक हुने भन्दै यो अवसरलाई उपयोग गर्न सरोकारवालालाई सुझाव समेत दिए ।

यस अवसरमा व्यापार र उद्योग क्षेत्रमा केन्द्रित भएर छलफल समेत राखिएको छ । व्यापार र लगानी तथा विभिन्न अवसरबारे समेत व्यवसायीबीच छलफल हुने भएको छ । मेलामा नेपाली परिकारका स्टल पनि राखिने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports