तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेना दिवसको अवसरमा सिन्धुलीगढीमा एकीकरण पदयात्रा सम्मपन

741
shares

सिन्धुलीगढी । नेपाली सेनाको सिन्धुली जिल्लास्थित भवानीबक्स गणले हरिहरपुरगढी देखि सिन्धुलीगढी एकिकरण पदयात्रा एक औपचारिक कार्यक्रम बिच सिन्धुलीगढीमा समापन गरिएको छ ।

नेपाली सेनाले ७ फागुनमा ऐतिहासिक स्थल हरिहरपुरगढीदेखि सुरुगरेको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा महाशिवरात्री तथा २६२ औ सेना दिवस-२०८१ को उपलक्ष्यमा विशेष कार्यक्रमका साथ पदयात्रा समापन गरेको हो ।नेपाली सेनाका ४५ जनाको समूहले आठ दिनसम्म लगाएर पदयात्रा गरेका थिए । आठ दिनमा ७५ किलोमिटर पदयात्रा गरिएको पदयात्रामा सहभागी भएका सैनिकले जनाएका छन् ।पदयात्रा सकेर सिन्धुलीगढी आइपुगेका नेपाली सेनाका अधिकृत तथा जवानहरुलाई सम्मान गर्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा गरेर पर्यटकिय क्षेत्रलाई चिनाउन थप मद्धत नेपाली सेनाले गरेको बताए । उनले नेपाली सेनाले आठ दिने कठिन यात्रा गरेको भन्दै सम्मान गरे ।

नेपाली सेनाले जिल्लामा विपद् पर्दादेखि अन्य अप्ठ्यारो समयमा सहयोग गर्ने गरेको भन्दै उनले पदयात्राले जिल्लाको पर्यटकिय क्षेत्रलाई चिनाउन र संरक्षण गर्न सहयोग पुग्ने बताए ।पदयात्राले पुर्खाहरुको इतिहासलाई जगेर्ना गर्न सहयोग पुगेको नगरप्रमुख उपेन्द्र पोखरेलको भनाई छ । ऐतिहासिक क्षेत्रको संरक्षण हुनुका साथै पदयात्राले पर्यटकलाई बढाउने मलाई विश्वास छ उनले भने ।नेपाली सेनाको सहकार्यमा सिन्धुलीगढीलाई ऐतिहासिक पर्यटकिय क्षेत्रको रुपमा तिब्र विकास भइरहेको र थपविकास गर्न स्थानिय सरकार तयार रहेको नगर प्रमुखको भनाइ छ ।

त्यसैगरी श्री भवानीबक्स गणका गणपति वद्री कुंवरले नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएको ऐतिहासिक एकिकरण पदमार्ग कार्यक्रम अन्तर्गतको हरिहरपुरगढी देखि सिन्धुलीगढीसम्मको पदयात्रा कार्यक्रम विगतको वर्षमा पनि भएको जानकारी दिए ।हरिहरपुरगढी सिन्धुलीगढी यस जिल्लाको पहिचानहुनुका साथै सामरिक दृष्टिकोणले समेत इतिहास बोकेको भन्दै उनले अग्रेज फौजको आक्रमणविरुद्ध लडाई लडी विरपुर्खाहरुले विरता प्रर्दशन गरि विजयी हासिल गरेको गणपति कुंवरले स्मरण गराए । वर्तमानमा आएर इतिहासका पाना बनेका गढीको संरक्षण गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ ।

सोही अवसरमा श्री नं.९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्कीले यस गढी तथा सामरीक भूगोलको महत्व हिजो, आज र भविष्यमा पनि महत्वपूर्ण रहेको हुंदा यो सँग परिचित हुन अत्यन्तै जरुरी भएको बताए ।यस्तै, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले कठिन पदयात्रा गरि नेपाली सेनाले पदमार्गको संरक्षण गरेको बताए । उनले ऐतिहासिक दरबार तथाकिल्लाहरुको संरक्षण सबैले गर्नुपर्ने बताए ।सिन्धुलीगढी देशको अस्मिता जोगाउन सिन्धुलीगढी हरिहरपुरगढीको महत्वपूर्ण भूमिका रहेकाले दुई गढी जोड्ने पदयात्राले थप टेवापुगेको सिन्धुलीगढीका खोज अनुसन्धानकर्ता सागर कुमार ढकालले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports