नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यातायातमन्त्री देवेन्द्र दाहालको प्रवास तथा विदेशमा रहेका नेपालीलाई निराश नहुन आग्रह

546
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रवास तथा विदेशमा रहेका नेपालीलाई निराश नहुन आग्रह गरेका छन् ।

अमेरिकाको टेक्सासमा रहेका नेपालीको संस्था नेपाली समाज टेक्सासले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गरेका हुन् ।पछिल्लो समय पूर्वराजावादीले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरिरहेको भन्दै गणतन्त्र र लोकतन्त्रले नै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गरे ।गणतन्त्रले नै नेपालका सबै क्षेत्र, भूगोल, वर्ग, जातजातिका नागरिकको अधिकार प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरिरहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भईरहेको र भौतिक पूर्वाधार विकासले समेत तीव्रता पाइरहेको अवस्थामा देशमा केही भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्वजगतले नपत्याउने कुरा भएको उनको भनाइ छ ।

अमेरिकाको टेक्सास राज्यमा नेपालीको संख्या सबैभन्दा बढी भएकाले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिबेला अमेरिका सरकार समक्ष उक्त निर्णय जानकारी गराइएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रिमो दिने बित्तिकै कार्यालय राख्ने लगायत काम हुने जानकारी दिए ।गैरआवासीय नेपालीलाई १० वर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठिकै रहेको र भविष्यमा नागरिकताका सम्बन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उनको भनाइ छ ।कार्यक्रममा एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क मञ्च, पानस अमेरिका लगायतले मन्त्री दाहाल मार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।

मन्त्री दाहाल अमेरिका भ्रमणकै क्रममा अमेरिकास्थित नेपाली दूतावासमा भेटघाट तथा अन्तर्क्रियामा समेत सहभागी भए ।कार्यक्रममा अमेरिकामा बस्ने नेपालीका समस्या, नेपाल र अमेरिकाबीच सम्बन्ध, नेपालका लागि अमेरिकासँगका व्यापारिक सम्भावना र दूतावासका आन्तरिक समस्याबारे छलफल भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports