विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दक्षिण कोरियाको अदालतले सदर गर्यो राष्ट्रपति माथिको महाअभियोग

1.39K
shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ । यससँगै उनी पदमा फर्किने बाटो बन्द भएको छ ।

संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित भएको महाभियोगलाई अनुमोदन गर्दै उनलाई पदच्युत गरिदिएको हो ।युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेपछि विरोध भएको थियो । त्यसकै कारण उनीमाथि महाअभियोग लगाइएको थियो ।

योललाई महाअभियोग लागेपछि त्यहाँका प्रधानमन्त्री हान डक-सू कार्यवाहक राष्ट्रपति बनेका छन् । उनलाई पनि महाअभियोग लगाइएको थियो । तर, उनको महाअभियोग अदालतले खारेज गरिदिएको थियो ।युन सुक योल पदमुक्त हुने दोस्रो दक्षिण कोरियाली राष्ट्रपति हुन्, यसअघि सन् २०१७ मा पार्क ग्युन-हे पनि महाभियोगपछि पदच्युत भएका थिए। अदालतको निर्णय अनुसार, अब ६० दिनभित्र कोरियामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports