आज पनि सुनको मूल्य ४ सयले घट्यो
वि.सं.२०८१ चैत २६ मंगलवार १३:५८
shares

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियोत्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































