विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित

741
shares

काठमाडौँ । मन्त्रिपरिषद्ले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको हो ।

मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले वैकल्पिक विकास वित्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए । उक्त विधेयकलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले पारित समेत गरेक उनले जानकारी दिए ।

उनकाअनुसार सरकारले छिट्टै उक्त विधेयक संसदमा प्रश्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे । विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिाई समेत समाधान गर्न सहज हुने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports