पाकिस्तान र नेपाल बीच सद्भावपूर्ण सम्बन्ध रहँदै आएको छ : पाकिस्तानी राजदूत हाशमी
वि.सं.२०८२ वैशाख ३ बुधवार १३:४१
shares

काठमाडौं- पाकिस्तानका लागि नेपालका राजदूत अबरार एच. हाशमीले पाकिस्तान दिवसको पाकिस्तान र नेपालबीच सद्भावपूर्ण सम्बन्ध रहँदै आएको बताएका छन्।
पाकिस्तानको ८५औं राष्ट्रिय दिवसको अवसरमा पाकिस्तान राजदूतावास, काठमाडौंले होटल सोल्टीमा गरेको एक स्वागत समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।साथै उनले भौगोलिक निकटता, सभ्यतागत सम्बन्ध, हिमालयका चुचुरोहरूदेखि समृद्ध सांस्कृतिक विरासतसम्मले दुई देशका जनतालाई नजिक बनाएको बताएका थिए। शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा बनेका समझदारी र संयन्त्रहरूमार्फत सहकार्य अझ मजबुत बनाउँदै लैजाने आशा व्यक्तसमेत उनले गरे ।
समारोहका प्रमुख अतिथि नेपालका माननीय उपराष्ट्रपति डा. राम सहाय प्रसाद यादव थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख सुश्री इन्दिरा राना, नेकपा (एस) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार श्री विष्णु रिमाल, सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्ल तथा पूर्व उपप्रधानमन्त्री श्री सीपी मैनालीजस्ता विशिष्ट व्यक्तित्वहरू उपस्थित थियो।
कार्यक्रममा वरिष्ठ नेपाली राजनीतिक, नागरिक तथा व्यावसायिक अगुवाहरू, राजदूतहरू, कूटनीतिज्ञहरू, नेपालीस्थित पाकिस्तानी समुदाय, पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।‘ए ग्लान्स एट पाकिस्तान’ शीर्षकको फोटो प्रदर्शनी समेत आयोजना गरिएको थियो, जसले पाकिस्तानको विविधता प्रस्तुत गरेको थियो।





































