नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको जेनजीका अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन अपिल

1K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीका अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन अपिल गरेका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।‘आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्,’ उनले अपिल गर्दै भने, ‘आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग समीक्षा गरौं ।’

एक पक्षले जेनजी आन्दोलनलाई गलत ढंगले व्याख्या गर्न खोजेको पनि उनले बताए । प्रचण्डले भने, ‘एउटा विचारले तपाईंहरूको आन्दोलनलाई आतंकारी भनेको छ । तपाइंहरुलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पिडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे । आज तपाईंहरूलाई त्यस्तै भनिँदैछ ।’

प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेको बताए । आन्दोलन हुँदै गर्दा सरकारलाई खबरदारी गरेको स्मरण गरे । ‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ प्रचण्डले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’ भ्रष्टाचार न्यूनीकरण र सुशसनका लागि काम गर्दै आएको र सरकारमा नरहँदा निरन्तर खबरदारी गर्दै आएको पनि उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports