नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीको पठाएको पत्र आफूले पढेको दाबी

780
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।सुशीला कार्की केपी ओलीकै सिफारिसमा प्रधानमन्त्री भएको दाबी यसअघि पनि प्रचण्डले गर्दै आएका थिए । सोही विषय आज पनि दोहोर्‍याउँदै उनले भनेका छन्, ‘हामीले उहाँले पठाएको चिठी हेरेका छौं ।’प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुशीलालाई प्रधानमन्त्री बनाउन पत्र पठाएका थिए ।

यसअघि यही असोज २४ गते सम्पादकहरूसँगको भेटमा पनि प्रचण्डले ओलीकै लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गरेका थिए ।शनिबार सार्वजनिक कार्यक्रममा प्रचण्डले फेरि उस्तै दाबी दोहोर्‍याएका हुन् । भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका थिए । त्यसक्रममा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए ।काम चलाउ प्रधानमन्त्री भएपछि ओलीले नै निकासका लागि भनेर सुशीलालाई प्रधानमन्त्री बनाउने भनेर सिफारिस गरेको दाबी प्रचण्डले गरेका हुन् ।सुशीला कार्की गत भदौ २७ गते प्रधनमन्त्री नियुक्त भएकी थिइन् । त्यसबेला राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा समेत तत्कालीन प्रधानमन्त्रीको सिफारिसको विषय उल्लेख छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘मुलुकमा उत्पन्‍न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दे युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरू सँगको परामर्शसमेतका आधारमा’ कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।

“नेपालको संविधान बमोजिम राष्‍ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्‍ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ (छ) महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्‍न गर्ने गरी श्री सुशिला कार्की मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’”

राष्ट्रपति कार्यालयले नै राष्ट्राध्यक्षको हैसियतले तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भनिएता पनि त्यस्तो सिफारिसपत्र सार्वजनिक भएको छैन ।प्रचण्डले भने उक्त ओलीको पत्र आफूहरूले हेरेको दाबी गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports