गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज मङ्गलबारको मौसम : पहाडी तथा हिमाली क्षेत्र मा वर्षा र हिमपातको सम्भावना

1.2K
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports