नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत

494
shares

भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ ।

विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८९ सिटमा अग्रता लिएको छ । यो रुझानले आम आदमीले दिल्ली पछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो । यही अवस्था कायम रहे आपले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

यसअघि पन्जाबमा कांग्रेसको सरकार थियो । यस निर्वाचनमा कांग्रेस १३ सिटमा अगाडि देखिएको छ । भाजपाले जम्मा ५ सिटमा अग्रता लिएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ । उत्तरप्रदेशमा भाजपा सहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् । उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६, आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् । गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् । मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports