नेपालको दावी ठीक छैन, संवाद गर्न तयार छौ : भारत
वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०८:४७
shares

काठमाडौं । भारतले लिपुलेक–कालापानीको सन्दर्भमा नेपालको दावी ठिक नभएको टिप्पणी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले गरिरहेको दावी ठिक नरहेको बताएका हुन् । कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको बताउँदै भारत र नेपालबीच रहेका मुद्दाका लागि संवाद गर्न तयार रहेको उनको भनाइ छ ।
उनले भने ‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं। फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छ भनेर एकतर्फ दाबी गर्नु ठिक होइन। केही विवाद छ भने हामी बसेर संवाद गर्न सक्छौं।’
यस्तै उनले नेपाललाई तेल र मल पनि दिन तयार रहेको पनि बताए ।





































