नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बराह सहकारी धरानबाट ठगिएका निक्षेपकर्ताहरूले आफ्नो बचत फिर्ता गराइदिन माग गर्दै लामिछानेलाई पत्र

234
shares

विराटनगर । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानबाट ठगिएका निक्षेपकर्ताहरूले आफ्नो बचत फिर्ता गराइदिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्र लेखेका छन् । बराह सहकारी पीडित समन्वय समितिले करिब ११ अर्ब बचत फिर्ता गराइदिन माग गर्दै लामिछानेलाई पत्र लेखेका हुन् ।

सहकारीले सुनसरीको धरानलगायत देशभरका करिब १० हजार सर्वसाधारणको बचत रकम हिनामिना भएको पीडितहरूको गुनासो छ । २०७८ मंसिरदेखि नै बचतकर्ताको रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू फरार भएपछि हजारौँ परिवारको बिचल्ली भएको पत्रमा उल्लेख छ ।रास्वपाले निर्वाचनमा गरेको वाचा स्मरण गराउँदै पीडितहरूले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन लामिछानेसँग माग गरेका छन् ।

सञ्चालक फरार भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०८२ भदौ २२ मा बराह सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरेको थियो । त्यसयता कुनै ठोस प्रक्रिया अघि नबढेको पीडितको गुनासो छ ।बराह सहकारी पीडित समन्वय समितिले सहकारीको सम्पत्ति र दायित्वको विस्तृत छानबिन गर्न, मुख्य सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाही गर्न र पीडितको बचत रकम फिर्ताका लागि ठोस पहल गर्न माग गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports