विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी

507
shares

काठमाडौं ।आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो । संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’

गए राति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजे देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ । अन्त्येष्टिपछि संसद बाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बतायो । ‘आज संसद बैठक स्थगित हुने धेरै सम्भावना छ,’ स्रोतले भन्यो ।

समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भएका उनी २०६४ र ०७० सालमा समानुपातिक सांसद भएका थिए । २०५१ मा सिराहा–५ बाट निर्वाचित भएका उनी र २०५६ मा भने पराजित भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports