आज मंगलबार सुनको मूल्य ४५ सयले घटयो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८३ असार १६ मंगलवार १३:२३
shares
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।


































