विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे स्वदेश फर्किए

637
shares

काठमाडौं ।श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकट बीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँ बाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुर बाटै राजीनामा पठाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports