विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एउटै निर्वाचन क्षेत्र बाट अलग-अलग पार्टी बाट श्रीमान-श्रीमती नै सांसदका लागि सिफारिस

650
shares

काठमाडौं । पार्टी विभाजन पछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ-आफ्नो पार्टी बाट उम्मेदवारमा सिफारिस भएका छन् । वागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर नेकपा एस बाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकल रूपमा सिफारिस भएको हो । सोही क्षेत्र बाट मानन्धरपत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन् । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्त सहित तीन जनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ । मानन्धर एमाले बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजन पछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन् । उनी एमालेको महाधिवेशनमा समेत प्रतिनिधि थिइन् भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस भएकी थिइन् ।

नेकपा एसले काठमाडौं २ बाट माधव नेपाल नलड्ने भएपछि त्यसको साटो वसन्त मानन्धरका लागि काठमाडौं ७ मा दाबी गरेको छ । तर, गठबन्धन बाटै जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्र बाट उम्मेदवारी घोषणा गरिसकेका छन् । एमाले नेतृ पन्तले आफू पार्टी बाट उम्मेदवारको आकांक्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताइन् । पति फरक पार्टीमा रहेकाले अर्को पार्टी बाट को उम्मेदवार बन्छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports