विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तान एण्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर असोजको पहिलो हप्तामा काठमाडौं हुने

611
shares

काठमाडौं ।पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । काठमाडौँको त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला डिइसीसीमा असोज १ गते देखि ६ गते सम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना हुन लागेको हो ।

पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छाला बाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहना लगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । दुई देश बीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

काठमाडौँ स्थित पाकिस्तानी र पाकिस्तान स्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौँमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । एक हप्ता सम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports