२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

1.44K
shares

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

विधेयकको दफावार छलफलमा प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए । छलफलमा भाग लिने सांसदहरूले संशोधन पनि हालेका थिए ।

अन्तिममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी, हरिमोहन भण्डारीले संशोधन फिर्ता लिएका थिए । बाँकी सांसदहरूका संशोधन अस्वीकृत भएका थिए ।सरकारले यससम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा पेस गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports