भारतीय स्थल सेनाध्क्षलाई राष्ट्रपतिले दिईन नेपाली सेनाको मानार्थ महारथी दर्जा कोपदवी
वि.सं.२०७९ भदौ २० सोमवार १७:००
shares

काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको छ।
सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्।
नेपाल र भारत बीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ।केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए।
सबै तस्बिरहरू सौजन्य: नेपाली सेना।

































