kumari
stcnepal

बाेरिस जाेनसनकाे राजीनामा सँगै लिज ट्रुस नेतृत्वमा आउने

काठमाडौं ।बेलायतले अर्काे तीन वर्ष पछि महिला प्रधानमन्त्री पाउने भएकाे छ । ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिस्पर्धी मध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै याे सफलता पाउँदै छिन् ।

समाचार स‌ंस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुकाे बीचमा उनलाई अघि सारिएकाे थियाे । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजारमा अड्किएका थिए ।

मार्गरेट थ्याचर पहिलाे महिला प्रधानमन्त्री बनेकाे तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दाेस्राे महिला प्रधानमन्त्री बनेकी थिइन् । बाेरिस जाेनसनकाे राजीनामा सँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।

footer