मंसिर ४ गते निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १६:४२
shares

काठमाडौं ।मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान हुने छैनन् । मतदानको दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।
‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुँदैन,’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन हुने उनको भनाइ छ ।


































