विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभा र प्रदेशसभाका सदस्यका लागि मतदान सुरू

858
shares

काठमाडौं ।आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर  लाइनमा बसेका मतदाताले ७ बजे देखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

प्रत्येक्ष तर्फ १६५ सिटका लागि देशभर बाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।

चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports