kumari
stcnepal

बाजुरामा चेतन ऐडीको हत्यामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ

काठमाडौं। बाजुराको त्रिवेणी नगरपालिका-७ का अनेरास्वबियुका नेता चेतन ऐडीको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ४ गते निर्वाचनका दिन ३२ वर्षीय ऐडीको कांग्रेस कार्यकर्ताहरुले घरमै कुटपिट गरि हत्या गरेका थिए । घटनामा संलग्न रहेको अभियोगमा मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

दुई जनालाई भने गत बिहिबार नै पक्राउ गरेको थियो । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् ।

footer