विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाडो बढे सगै मधेस प्रदेशका विधालय बन्द

806
shares

जनकपुरधाम ।तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरुमा बिदा दिन थालेको छ । धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

यस्तै सबैला नगरपालिकाले आजदेखि पुस २३ गतेसम्मको लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो । सबैला नगरप्रमुख कारीराम यादवले एक सूचना जारी गर्दै सोमबार बसेको नगर कार्यपालिकाको बैठकले जाडो बिदा कट्टा हुने गरी पाँच दिनको लागि विद्यालयहरुमा बिदा दिएको जानकारी गराएका छन् ।

अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहको भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो ।  तराई मधेशमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports