विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँचथरमा आगोमा जलेर २ को निधन

624
shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । आगो लागेर घर पूर्णरुपमा क्षति भएको छ ।

आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आज बिहान ४ बजे तिर आगो निभाइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports