आजको मौसम हिमाली भू- भागमा हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना
वि.सं.२०७९ पुस २७ बुधवार ०८:४२
shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू-भागहरूमा बाक्लो हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
































