विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश यस्तो छ

754
shares

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएकाले राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको बताएका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको अहिलेको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक र आकारमा अल्मलिएको पनि बताए।

उनले भनेका छन्- ‘हामीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुसरण गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुनसक्छ भन्ने विश्वास लिएका छाैँ।’ पूर्वराजा ज्ञानेन्द्रले देश आफ्नै बाहुबल र आफ्नै शैली तथा ढाँचामा अघि बढोस् भन्दै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने पनि उल्लेख गरेका छन्।

उनले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसमा राष्ट्रमा सुख हुननसक्ने पनि बताएका छन्। सरकारले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बुधबार सार्वजनिक बिदा पनि दिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports