विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केहि मिडियाको नामै लिएर मिडिया माथि खनिए रवि लामिछाने

572
shares

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न सञ्चारमाध्यमले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन्। आफू विरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न केही सञ्चारमाध्यमले आफू विरुद्ध निरन्तर गलत शीर्षक राखेर आफूमाथि प्रहार भएको उनको भनाइ थियो।

उनले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले र अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नामै लिएर उनीहरुले आफू माथि प्रहार गरेको आरोप लगाएका हुन्। उनले देश मिडियाले नभइ नेताले चलाउने उनले बताए। साथै उनले चितवन–२ मा आफू सँग चुनाव लड्न मिडिया सञ्चालकहरुलाई चुनौती दिए।

उनले भने, ‘देश मिडियाले चलाउने होइन। नेताले चलाउने हो। पावर गेन गर्न मिडिया रिझाउनुपर्ने हो?’ उनले माइतीघरमा सम्भव सिरोहियाले गराएको दुर्घटना ढाकछोप गराइएको, रामेश्वर थापा बिरुद्धको मुद्दा गुपचुप पारिएको भन्दै मिडियाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखाएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports