विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालय प्रवेश गरे सगै महत्वपूर्ण जिम्मेवारी दिइयो

624
shares

काठमाडौं ।गृह मन्त्रालयले मन्त्री नभएकै बेला पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । तत्कालीन गृहमन्त्री रवि लामिछाने पदमुक्त भएकाे केही दिनमै सहसचिवहरुकाे जिम्मेवारी हेरफेर भएका हुन् । हाल गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको सबै भन्दा महत्वपुर्ण मानिएको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी जितेन्द्र बस्नेतलाई दिइएको छ । यसअघि उनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत थिए । बस्नेत यसअघि गृह मन्त्रालय मातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए । गृह मन्त्रालयबाट सरुवा भएर प्रदेशमा गएपछि अर्थ मन्त्रालय तानिएका थिए ।

उक्त जिम्मेवारीमा रहेका फणिन्द्रमणि पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । बस्नेतले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् । यस्तै, केदारनाथ शर्मालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । शर्मा भर्खरै मात्र अर्थ मन्त्रालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव हुन् । उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गोविन्द रिजाल अहिले मन्त्रालयको अतिरिक्त समूहमा रहेका छन् । यस्तै, गृह मन्त्रालय तानिएका रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । पण्डित यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारीमा थिए । यसअघि विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका तिर्थ भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गइसकेपछि विभागको महानिर्देशको पद रिक्त थियो ।

त्यस्तै, गृह मन्त्रालय भित्रिएका दिनेशसागर भुसाललाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । भुसाल यसअघि आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा थिए । गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमाा रहेका सहसचिव शंकरहरी आचार्यको कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि गोरखाको प्रमुख जिल्ला अधिकारीको पद रिक्त भएको थियो । नयाँ जिम्मेवारी पाउने सहसचिवमध्ये बस्नेत, शर्मा, पण्डित र भुसाल गत सोमबार मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports