विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय समितिको बैठक माघ २९ गते बस्ने

520
shares

काठमाडौं ।निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।

एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठिनक सुदृढीकरण बारे छलफल हुने जानकारी दिए । सो पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल स्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports