विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने सरकारको घोषणा

520
shares

काठमाडौँ । सरकारले क्षेत्रीय स्तरमा तनावरहित मित्रताका निम्ति आवश्यक पहलकदमी लिने घोषणा गरेको छ । हिजो बिहीबार सरकारको नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यस्तो घोषणा गरेकी हुन् । ‘नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने । सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने’अन्तर्राष्ट्रिय सम्बन्धबारेको धारणामा सरकारले भनेको छ ।

संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवम् पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने पनि सरकारको प्राथमिकतामा परेको छ । ‘ठुला र साना देशहरू बीच सार्वभौम समानता तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने । भूपरिवेष्टित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने तथा दिगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरू सँगको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने । आपसी सहयोगका क्षेत्रहरू बिस्तार गरी सहकार्य र अन्तर आबद्धतालाई बढवा दिने’, सरकारको कार्यक्रममा उल्लेख छ ।

त्यस्तै देशको द्रुततर आर्थिक विकासका लागि वैदेशिक लगानी प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय श्रम बजारमा पहुँच पुर्याउन, नेपाली वस्तुको बजारीकरण गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न आर्थिक कूटनीतिलाई अगाडि बढाउने पनि सरकारको भनाइ छ । सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने र परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने सरकारको प्रतिवद्धता रहेको छ ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports