विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नर्वेसँगको हार सगै ब्राजिल विश्वकप बाट बाहिरियो

169
shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नर्वेले पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।स्टार स्ट्राइकर अर्लिङ हालान्डले ७९ औं र ९० औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए । नेयमार जुनियरले स्टपेज टाइम (९० प्लस १० औं मिनेट)मा पेनाल्टीमार्फत ब्राजिलका लागि एक मात्र गोल गरे ।न्यु जर्सी रंगशालामा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७९ औं मिनेटमा हालान्डले उत्कृष्ट हेडरमार्फत नर्वेलाई १–० को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा हालान्डले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई २–० मा पुर्‍याए । यस खेलमा दुई गोल गरेसँगै हालान्डले जारी फिफा विश्वकपमा कुल सात गोल पूरा गरेका छन् । उनी अब प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरूको सूचीमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीसँगै सामेल भएका छन् । योसँगै गोल्डेन बुटका लागि हुने प्रतिस्पर्धा अब अझ रोमाञ्चक बनेको छ ।

खेलको अन्तिम स्टपेज टाइम (९० प्लस १० औं मिनेट)मा ब्राजिलले पेनाल्टी पायो । नेयमारले त्यसलाई गोलमा परिणत गर्दै खेल १–२ बनाए, तर उक्त गोलले हारको अन्तर मात्र कम गर्‍यो । अन्तिम सिठ्ठी बज्दा नर्वेले ऐतिहासिक जित हासिल गर्‍यो र क्वार्टरफाइनलमा प्रवेश गर्‍यो ।हारसँगै ब्राजिलको यो विश्वकप यात्रा अन्तिम १६ मा समाप्त भएको छ ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports