सभामुख घिमिरेको शीर्ष तीन दलका नेताहरु सँग छलफल
वि.सं.२०७९ चैत २५ शनिवार १७:०२
shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरु सँग छलफल गरेका छन् । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा शनिबार छलफल भएको हो ।
छलफलमा सभामुख सहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको हो ।


































