विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस चितवनका नेताहरुको आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल

754
shares

काठमाडौँ । नेपाली कांग्रेस चितवनका नेताहरुले एक ठाउँ रहेको सन्देश दिँदै आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल जारी गरेका छन् । शनिवार एक अपिल प्रकाशन गर्दै केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले संयुक्त रुपमा अपिल गरेका हुन् ।

उनीहरुले चितवन क्षेत्र नम्बर २ को उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिका बनेर लागि पर्न पनि आव्हान गरेका छन् । उनीहरुले कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको उल्लेख गर्दै मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेकोमा जोड दिएका छन् । देशको समग्र नेतृत्व नेपाली कांग्रेसको हुन आवश्यक रहेको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउनु देशको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports